सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाकिस्तान नबनिर्वाचित प्रधानमन्त्रि इमरान खानको शपथ समारोहमा समावेश भएको र पाकिस्तानी सैनिक जनरल सँग अंकमाल गरेको भन्दै नवजोत सिंह सिद्धू माथी देशद्रोहको मुद्धा दायर गरीएको छ ।
पुर्व क्रिकेटर सिद्धू विरुद्ध विहारको मुजफ्फरपुर मा मुद्धा दायर गरीएको हो भने राष्ट्रिय बजरंग दलका एक नेताले सिद्धूको टाउको काटेर ल्याउनेलाई ५ लाँख भारु दिने घोषणा समेत गरेका छन् ।
ताजनगरी आगरामा राष्ट्रिय बजरंग दलका जिल्लाध्यक्ष संजय जाटले एउटा भिडियो बनाउदै टाउको काटेर ल्याउनेलाई पाँच लाख दिने घोषणा गरेका हुन् । उनको उक्त भिडियो अहिले भारत तथा पाकिस्तान लगाएतका देशहरुमा भाइरल समेत भइरहेको छ । उनले पंजाबका क्याप्टेन अमरिंदर सिंह सरकारको मन्त्रि नवजोत सिंह सिद्धू पाकिस्तानमा इमरान खानको शपथ ग्रहण समारोह उपस्थित भएकोमा आक्रोश ब्यक्त गरेका छन् ।
उनले भनेका छन् देशद्रोह गर्ने सिद्धूको टाउको काटेर ल्याउनेलाई उनले पाँच लाख भारुको चेक दिनेछन् । उक्त भिडियोको कारण शहरमा सनसनि फैलिएको छ ।
नबजोत सिंह सिद्धू पछिल्लो दिन पुर्व क्रिकेटर इमरान खानको प्रधानमन्त्रि पदको शपथ ग्रहण समारोहमा सहभागी हुन पाकिस्तान गएका थिए । उनी पाकिस्तान गएकोमा पुरै भारतभरी विरोध गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा