सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भारतीय पुर्व प्रधानमन्त्रि अटल विहारी वाजपेयीको निधन भएको छ । विहिवार दिल्लिको अल इंडिया मेडिकल इन्चिच्युट (एम्स) मा उपचारार्थ उनको निधन भएको हो । ९३ बर्षिय वाजपेयी युरीन इन्फेक्शन र किडनी सम्बन्धि रोगले ग्रसित थिए ।
पछिल्लो करिब दुई महिनादेखी एम्स मा भर्ति भएका वाजपेयको बुधबार अचानक स्वास्थ्य जटिल बनेको थियो ।
गएको ११ जुनमा अचानक स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई एम्स हस्पिटलमा भर्ना गरीएको थियो ।
भाजपाको संस्थापक मध्येका एक वाजपेयी ३ पटक प्रधानमन्त्रि बनीसकेका छन् । वाजपेयीले आफनो जिवनमा लामो समयसम्म राजनीतिमा सक्रिय भएर लागे भने करिब १५ बर्ष पहिला राजनितिबाट सन्यास लिएका थिए ।
नेरेन्द्र मोदी सरकारले वाजपेयीलाई भारतको सर्वोच्च नागरीक सम्मान भारत रत्न बाट पनि सम्मानित गरेको छ ।
वाजपेयी १९९१, १९९६, १९९८, १९९९ र २००४ मा लोकसभा सदस्यमा चुनीएका थिए । उनी प्रधानमन्त्रि कार्यकाल पुर्ण गर्ने पहिलो तथा अहिलेसम्मका एकमात्र गैर–काग्रेसी नेता हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा