सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ३१ । बिहीबार नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन पार्टीमा प्रवेश गरेका युवाहरुलाई आग्रह गर्नुभएको छ । सरकार राष्ट्र निर्माणमा गतिका साथ अघि बढेको पनि दाबी गर्नुभयो।
उहाँले भदौं १ गतेदेखि लागू हुने मुलुकी फौजदारी ऐनबारे भ्रमपूर्ण प्रचार गरिएको भन्दै सचेत रहन पनि सबैलाई आग्रह गर्नुभएको छ ।
मुलुकी अपराध (संहिता) ऐनमा डाक्टरलाई कारबाहीको व्यवस्था कडा राखिएको भन्दै चिकित्सक संघले विरोध जनाइरहेका बेला प्रधानमन्त्रीले अनावश्यक भ्रम फैलाउने काम भएको आरोप लगाएका हुन ।
उनले डाक्टरको विषयमा ५० वर्षदेखि एउटै कानून रहेको भन्दै यसमा भ्रम नफिजाउन आग्रह गरे । ‘५० वर्षदेखि कानूनमा जे छ, अहिले पनि त्यही छ । तर भ्रम फिजाउन खोजिएको छ । यसमा सचेत हुन साथीहरुलाई आग्रह गर्नुभएको छ ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा