सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ३० । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा पुन सुशील ज्ञवालीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई प्राधिकरणमा नियुक्त गरेको हो।
शेरबहादुर देवाको पालामा नियुक्त भएका युवराज भुसाल बर्खास्तीमा परेसँगै यो पद खाली थियो। पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले नियुक्ति गरेका ज्ञवालीलाई पुष्पकमल दाहाल प्रचण्डको पालामा दुई पटक स्पष्टीकरण सोधेर हटाइएको थियो।
प्रचण्ड सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै ज्ञवाली अदालत पुगेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा