सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ६ । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली छात्राहरूका विषयमा कानूनमन्त्री शेरबहादुर तामाङ र बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले दिएको अभिव्यक्तिप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका छन्
यसको विरोध गर्दै श्रेष्ठले ट्वीटरमा लेखेका छन्– ‘व्यवसायी दुर्गा प्रसाईंले बंगलादेशमा चिकित्साशाश्त्र अध्ययन गर्ने नेपाली महिला विद्यार्थीहरूका बारेमा गरेको सार्वजनिक टिप्पणी अन्त्यन्त आपत्तिजनक छ । यसको भर्त्सना गर्दै सार्वजनिक आत्मालोचनाको माग गर्दछु । साथै कानूनमन्त्रीको यस्तै टिप्पणी अत्यन्त दु:खद छ । सरकारको गम्भीर ध्यान जाओस् ।’
ब्यबसायी दुर्गा प्रसाईंले बाँगलादेशमा चिकित्साशाश्त्र अध्ययन गर्ने नेपाली महिला बिद्यार्थीहरुका बारेमा गरेको सार्बजनिक टिप्पणी अन्त्यन्त आपत्तिजनक छ।यसको भर्त्सना गर्दै सार्बजनिक आत्मालोचनाको माग गर्दछु।साथै कानुनमन्त्रीको यस्तै टिप्पणी अत्यन्त दु:खद छ।सरकारको गम्भीर ध्यान जाओस ।
— NKShresthaPrakash (@nksthaprakash) July 22, 2018
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा