सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ६। आजदेखि काठमाडौको वसन्तपुरमा सामूहिक नागरिक सत्याग्रह शुरु भएको छ । विगत २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागमा समर्थन जनाउन सत्याग्रह शुरु गरिएको हो । यो केसीको १५ औँ पटकको अनशन हो।
दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गर्न लागिएको डा केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले बताए। स्वास्थ्य जोखिममा पर्न सक्ने भन्दै सरकारले गत बिहीबार हेलिकप्टरबाट डा केसीलाई काठमाडौँ ल्याएको थियो।
डा. केसीको जीवनरक्षाका निम्ति आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राजधानीको वसन्तपुरमा सामूहिक नागरिक सत्याग्रह जारी रहने छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा