सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन १। काठमाडौं महानगरपालिकाले आगामी एक हप्ताभित्र हरिभवन भत्काउनका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ। हरिभवन भत्काउन र रानीपोखरी पुनःनिर्माणका लागि सँगै बोलपत्र आह्वान गरिने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए । पुनःनिर्माणको काम छिटो गर्नका लागि हरिभवन भत्काउन आह्वान गरिने बोलपत्र बढीमा एक महिनाको रहने पनि बताइएको छ । २०७२ साल बैशाखमा गएको विनाशकारी भूकम्पका कारण सुन्धारास्थित हरिभवन र रत्नपार्कमा रहेको रानीपोखरीलगायत धेरै ऐतिहासिक सम्पदामा क्षति पुगेको थियो ।
एक वर्षअघिनै कामपाले हरिभवन भत्काएर अर्को निर्माण गर्ने भन्दै आए पनि पुरातत्व विभागले रोक लगाएपछि उक्त काम अघि बढ्न सकेको थिएन । करीब १०० वर्षको इतिहास भएको तीनतलाको हरिभवनमा विसं २०६० देखि कामपाले नियमित आफ्नो कामकाज गर्दै आएको छ । अब तीन कालखण्डको प्रतिनिधित्व हुने गरी हरिभवन निर्माण गर्ने तयारी कामपाले गरेको छ ।
त्यसैगरी, करीब ४०० वर्षको इतिहास बोकेको रानीपोखरीको पुनःनिर्माण थालेपनि आधुनिक निर्माणको सामग्री प्रयोग भएको भन्दै चौतर्फी विरोध आएपछि बिचमा नै पुनःनिर्माणको काम रोकिएको थियो ।
पुनःनिर्माणको काम रोकिएको मात्र होइन, यसअघि निर्माणको समयमा प्रयोग भएको आधुनिक निर्माणको सामग्री पनि एक हप्ता अघि हटाइसकिएको छ । भूकम्पअघि जस्तोरुपमा रानीपोखरी रहेको थियो सोहीअनुरुप अब पुनःनिर्माण गरिने कामपाले बताएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा