भर्खरै

१२ बर्षपछि फाइनलमा पुग्यो फ्रान्स, उमटीटीको गोलले बेल्जियमको सपना टुट्यो


 July 11, 2018     सेतो खबर

श्यामूएल उमटीटी को एकमात्र गोलद्धारा फ्रान्स १२ बर्षपछि फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सले सेन्ट पिटर्सबर्ग स्टेडियममा मंगलबार फिफा विश्वकप २०१८ को पहिलो सेमिफाइनलमा बेल्जियमलाई १–० ले हराएको हो ।

योसँगै फ्रान्सको विश्वकप को इतिहासमा बेल्जियम विरुद्धको रेकर्ड अझ बलियो बनेको छ । फ्रान्सले बेल्जियमलाई विश्वकपमा लगातार तेस्रो पटक पराजित गरेको हो । फ्रान्सको टिमको फाइनल प्रतिस्पर्धा इङ्गल्याण्ड तथा क्रोएशियाको बिच बुधबार हुने दोस्रो सेमीफाइनल विजेतासँग हुनेछ । यती मात्र होइन, फ्रान्सको टिम फिफा विश्वकपको पछिल्लो ६ वटा संस्करणमा तेस्रो पटक फाइनलमा पुगेको छ ।

फ्रान्ससँग अब दोस्रोपटक विश्व विजेता बन्ने मौका छ । यो भन्दा पहिला उसले घरेलु मैदानमा १९९८ मा विश्वकप जीतेको थियो । फ्रान्स र बेल्जियम विच प्रतिस्पर्धा शुरुआत देखी नै रोमाञ्चक भयो । बेल्जियमले अधिकांश समय बललाई आफनो कब्जामा राख्यो, तर फ्रान्सले भने गोलपोष्टलाई निशान बढि बनाए । पहिलो हाफमा दुबै पक्षले केही गोल गर्ने मौका पाए तर गोल भने गर्न सकेनन् र पहिलो हाफ गोलरहित खेले ।

हाफ टाइम भन्दा पहिला फ्रान्सको टिमले ११ पटक गोलपोस्टमा निशाना लगाए । यद्यपी, उसलाई गोल गर्ने सफलता भने मिलेन । दुबै टिमले राम्रो आक्रमण र डिफेन्सको नमुना प्रस्तुत गरे ।

बेल्जियले शुरुवात देखी नै बलमा कब्जा गरि रह्यो तर उसले गोल गर्ने मौका भने बनाउन सकेन ।

दोस्रो हाफमा फ्रान्सले शुरुआत देखी नै आफनो आक्रमण गतिलाई बढायो, जसको फाइदा उसलाई ५१ औ मिनेटमा मिल्यो जब उमटीटीले हेडर मार्फत गोल गरे ।

यसपछि बेल्जियमले आफनो खेल आक्रमक बनायो तर फ्रान्सले धेरै राम्रो डिफेन्स पोजिशन खेल्यो र रेड डेभिल्सलाई गोल गर्ने मौका दिएन ।

LIC



Ime Inside