भर्खरै

गोलकिपर पिकफोर्ड नायक बन्दा इङ्गल्याण्ड क्वार्टरफाइनलमा, कोलंबिया घर फर्कियो


 July 4, 2018     सेतो खबर

इङ्गल्याण्ड ले मंगलबार रती स्पार्क स्टेडियम मा खेलीएको प्रि–क्वार्टरफाइनल को अन्तिम प्रतिस्पर्धामा कोलंबियालाई पेनाल्टीमा हराउदै ४–३ ले पराजित गरेको छ । यो जितसँगै इङ्गल्याण्ड पिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

क्वार्टरफाइनलमा इङ्गल्याण्ड को प्रतिस्पर्धा स्वीडेनसँग हुनेछ जसले मंगलबार नै भएको खेलमा स्विजरल्याण्डलाई १–० ले हराउदै १९९४ पछि पहिलो पटक क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
इङ्गल्याण्ड का कप्तान ह्यारी केनले ५८ औ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दे इङ्गल्याण्ड लाई १–० ले अगाडि बढाएका थिए ।
तर खेलको ९३ औ मिनेटमा येरी मीनाले गोल गर्दे कोलंबियालाई बराबरी गरे । यसपछि दुबै पक्षबाट गोल हुन नसक्दा खेल अतिरिक्त समयमा गयो र ३० मिनेटको अतिरिक्त समयमा पनि दुबै टिमले गोल गर्न सकेनन् । र खेल पेनाल्टि सुट आउटमा गयो जहाँ इङ्गल्याण्ड ले बाजी मार्ये र क्वार्टरफाइनलमा प्रवेश गर्यो ।
यो म्याचको हिरो इङ्गल्याण्ड गोलकिपर पिकफोर्ड बने । जसले कार्लोस बारका को पेनाल्टि बललाई रोकेर जित दिलाए । यद्यपी बारका भन्दा पहिला माटेयुस युरिबेले बललाई बारमा हान्दा कोलंबियाको लागी एउटा मौका त्यही बेला गुमिसकेको थियो ।

LIC
LIC



Ime Inside