सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आन्द्रेस इनिएस्टाले आइतबार आफनो टिम स्पेन फिफा विश्वकप २०१८ बाट बाहिरिएपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । आश्चर्यको कुरा त यो छ कि रुसको विरुद्ध राउण्ड १६ को म्याचमा इनिएस्तालाई शुरुमा बेन्चमा राखियो । उनलाई दोस्रो हाफमा खेल्ने मौका दिइयो जब दुबै टिमको स्कोर १–१ ले बराबरी भयो ।
एक्स्ट्रा टाइम सकिएपछि दुबै टिमको स्कोर १–१ ले बराबरी रह्यो र फेरी रुसले पेनाल्टि शुटआउटमा स्पेनलाई ४–३ ले हराउदै क्वाटरफाइनलमा अफनो ठाउँ पक्को गरेको थियो । अगिल्लो साताको शनिवार रुसको क्वाटरफाइनलमा प्रतिस्पर्धा क्रोएशियासँग हुनेछ । जसले राउण्ड अफ १६ को अर्को म्याचमा डेनमार्कलाई पेनाल्टि शुटआउटमा ४–३ ले पराजित गर्यो ।
इनिएस्ताले भने “यो कुरा सहि हो कि राष्ट्रिय टिमसँग मेरो यो अन्तिम प्रतिस्पर्धा थियो । कहिलेकाहि अन्त यस्तो हुदैन जस्तो तपाई आफनो सपनमा सोच्नुहुन्छ । यो दिन मेरो करियरको सबैभन्दा दुःखद दिन हो” ।
यी स्टार मिडफिल्डरले स्पेनको लागी १३१ म्याच खेले र १३ गोल गरे , जिसमा २०१० विश्वकपको फाइनलमा नेदरल्याण्डको विरुद्ध गरिएको गोल पनि पर्दछ । एनिस्ता स्पेनको स्वर्णिम पीढीको सदस्य पनि रहे, जसले २००८ र २०१२ युरोपियन च्याम्पियनशिपको शिर्षक जिते ।
स्पेनको कोच फर्नाडो हिएरोले एनिएस्ताको लागी भने “म अन्तरमनदेखी हाम्रो इतिहासको सर्वश्रेष्ठ खेलाडीहरु मध्येका एक इनिएस्तालाई बधाई दिन चाहन्छु । उनी एक राम्रो पेशागत खेलाडी हुन , जसरी उनलाई मैदानमा दोस्रो मा मौका दिइयो र उनले जसरी मैदानमा इन्ट्रि गरे त्यसलाई देख्दा यस्तो लाग्यो कि उनी आफनो पहिलो म्याच खेल्न मैदानमा उत्रेका हुन् । म उनलाई मेरो अन्तरमनदेखी धन्यवाद दिन चाहन्छु “।
स्पेनिश फुटबल फेडेरेशनले आफनो आधिकारीक ट्विटरमा लेखेको छ “हामी तपाईलाई केबल धन्यवाद मात्र दिन सक्छौ इनिएस्ता । तपाईले हाम्रो मान बढाउनु भयो । तपाईले हामीलाई शिर्ष स्थानमा ल्याउनु भयो । राम्रो साथि, विचित्र, बेजोड मनदेखी धन्यवाद “।
यि मिडफिल्डरले हालै मात्र २२ बर्षपछि बार्सिलोना क्लबलाई छोडेर जापानको टिम विसेल कोबेसँग दुई बर्षको लागी करार गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा