सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिफा विश्वकप २०१८ को ५१ औ प्रतिस्पर्धामा २०१० को विश्वकप च्याम्पियन स्पेनलाई आयोजक रुसले ३–४ को पेनाल्टी शुटआउट पराजित गरेको छ ।
लुजिन्हकी स्टेडियमा भएको प्रि क्वार्टर फाइनलको प्रतिस्पर्धामा निर्धारीत ९० मिनेटको समयमा १–१ गोलको बराबरीमा खेल सकियो । रिजल्टको लागी फेरी ३० मिनेटको समय थप गरीएको थियो र उक्त थपीएको समयमा पनि दुबै पक्षबाट गोल हुन नसक्दा खेल पेनाल्टि शुटआउटमा पुगेको थियो । जसमा रुसले २०१० को विश्वकप च्याम्पियन स्पेनलाई ४–३ ले हराउदै क्वाटरफाइनलको बाटो तय गरेको हो ।
पहिलो हाफ शुरु भएसँगै रुसका इग्नाशेविचले खेलको १२ औ मिनेटमा गोल गर्दे स्पेनलाई शुरुवाती अग्रता दिलाएका भने रुसको लागी पहिलो हाफ सकिनुभन्दा ४ मिनेट अगाडि रुसको लागी से डज्युबाले शानदार गोल गर्दे खेललाई १–१ को बराबरीमा ल्याए ।
पेनाल्टि शुटआउटमा स्पेनको तर्फबाट पहिलो गोल आंद्रेस इनेएस्ताले गरेका थिए, जबकी रुसको तर्फबाट फेडर स्मोलोवले शानदार गोल गर्दे स्कोर बराबरी गरे । यसपछि स्पेनको तर्फबाट गेरार्ड पिकेले गोल गर्दे स्कोर २–१ ले अगाडि बढाए, भने रुसको लागी इग्नाशेविचले गाले गर्दे स्कोर २–२ को बराबरी गरे । यसपछि स्पेनको तर्फबाट कोके ले हान्न खोजेको रुसका गोलकिपरले उत्कृष्ट रुपमा बचाए ।
अब रुसको पालोमा गोलोसविनले गोल गर्दे स्कोर ३–२ ले अगाडि बढाए । यसपछि स्पेनको तर्फबाट से रामोसले गोल गर्दे स्कोर ३–३ को बराबरीमा ल्याए । यता रुसको रफ से डेनिसले चेरीशेवले गोल गर्दे ४–३ ले अगाडि बढाए । यसपछि स्पेनको तर्फबाट लागो असपसले पेनाल्टि शुट हाने तर रुसका गोलकिपर ले यो बललाई गोल हुन बाट रोकेर टिमलाई उत्कृष्ट जित दिलाए । उनले अन्तिम बलको गोल खुटा मार्फत रोकेका थिए । यो सँगै यो प्रतिस्पर्धा रुस ४–३ ले जित्दै क्वार्टर फाइनलमा प्रवेश गर्यो ।
दुबै टिमले अहिलेसम्म फिफ विश्वकपको २१ औ संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दे सबैलाई चकित पार्दे अन्तिम १६ मा ठाँ बनाएका हुन भने आजको यो खेल दुबै टिमको लागी चुनौतीपुर्ण पनि छ ।
आयोजक रुसले पहिलो उद्धघाटन खेलमा साउदी अरबलाई ५–० ले हराएको थियो । त्यसपछि मिश्रलाई ३–१ ले हराएको थियो भने ग्रुप चरणमा भने उरुग्वेसँग पराजित हुन परेको थियो ।
यता स्पेन पनि आफनो अपराजित यात्रालाई कायम राख्न चाहन्छ उसले ग्रुप चरणको खेलमा एक खेलमा जित र दुई खेलमा बराबरी खेलेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा