सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
डेनमार्क र फ्रान्सले बुधबार बेलुका फिफा विश्वकप २०१८ को पहिलो गोलरहित ड्र खेल खेलेका छन् । ग्रुप सी का यी दुई ठुला टिम बीच जोडदार प्रतिस्पर्धाको आशा गरीएको थियो तर दुबै टिमले अन्तिमसम्ममा गोल गर्न सकेनन् । बाबजुद पनि यी टिम नकआउट चरणम प्रवेश गरेका छन् ।
फ्रान्सले पहिला नै अन्तिम १६ मा ठाउँ बनाइसकेको थियो भने उक्त गु्रपको एक अन्य प्रतिस्पर्धामा अष्ट्रेलियाको हारका कारण डेनमार्कको टिम पनि अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो । उक्त म्याचमा पेरुले अष्ट्रेलियालाई २–० ले पराजित गरको छ भने दुबै विश्वकप २०१८ बाट बाहिर हुनु पर्यो ।
यो ड्र पछि अब डेनमार्कको पाँच अंक भएको छ भने आफनो टिमबाट अन्तिम १६ मा पुग्ने दोस्रो टिम बनेको छ । यता फ्रान्स पहिला नै अन्तिम १६ मा पुगी सकेको छ तर यो म्याचमा गोलरहित ड्र गर्दे उसले ७ अंक भएको छ । फ्रान्स आफनो ग्रुपमा तीन म्याच खेल्यो जसमा दुईमा जित र एकमा ड्रसँगै शिर्ष स्थानमा परेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा