सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
क्रिस्टियानो रोनाल्डोको अर्को एक चमत्कार प्रदर्शनको दममा पोर्चुगलको टिम सोमबार आफनो गु्रप चरणको अन्तिम खेलमा ईरानमाथि ठलो जितसँगै न सिर्फ नकआउटको टिकट काट्न चाहन्छ उ आफनो गु्रपको शिर्ष स्थानमा पनि बस्न चाहन्छ । अगिल्लो चरणमा प्रवेश गर्न उसलाई केबल ड्रको मात्र जरुरत पर्छ । गएको दुई खेलमा शानादार फर्ममा खेलिरहेका कप्तान रोनाल्डोले स्पेन विरुद्ध पहिलो म्याचमै ह्याट्रिक गर्दे प्रतिस्पर्धा बराबरीमा ल्याएका थिए भने मोरक्कोसँगको खेलमा एक गोल मात्र हान्दै टिमलाई जित दिलाएका थिए ।
३३ बर्षिय रोनाल्डो आफनो पुर्व कोच कार्लोस कुइरोजको टिम विरुद्ध पनि टिमलाई जित दिलाउनको लागी प्रतिबद्ध हुनेछन् । २०१४ को विश्वकप मा पहिलो चरणबाटै बाहिरिएको युरो च्याम्पियन यो पटक गल्ती दोहराउन चाहदैन । रोनाल्डोलाई थाहा छ यो उनको अन्तिम विश्वकप हो र उनी यसलाई स्मरणिय बनाउन कुनै पनि कसर बाकि राख्ने छैनन् ।
१२ बर्षपछि विश्वकपमा दुबै देश भिड्दै
पोर्चुगल र ईरान १२ बर्षपछि विश्वकपमा आज एक–अर्कासँग भिड्नेछन् । यो दुई देश बिच एकमात्र प्रतिस्पर्धा २००६ मा भएको थियो जसमा रोनाल्डोको पहिलो गोलको मद्यतले पोर्चुगलले ईरानलाई २–० ले हराएको थियो भने एक गोल डिगोले गरेका थिए ।
१६ बर्षदेखी एशियन देशसँग हारेको छैन पोर्चुगल
पोर्चुगलको टिम पछिल्लो १६ बर्षदेखी कुनै पनि एशियन देशसँग विश्वकपमा हारेको छैन । २००२ मा पोर्चुगल दक्षिण कोरीयाद्धारा अन्तिम पटक हारेको थियो ।
इतिहास बदल्न चाहन्छ ईरान
ईरानी टिम विश्वकप मा कहिलेपनि आफनो गु्रप चरणको अन्तिम म्याच जितेको छैन । यो दौरान उसले चार म्याच खेले जसमा तिनमा हार र एकमा ड्र भएको थियो भने उसले ३ गोल हाने १० गोल खाए । यो टिम युरोपियन देशसँग कहिले जितेको छैन । सात म्याच खेले जसमा ६ मा हार र एकमा ड्र भएको थियो । तर यो पटक पोर्चुगलसँग भिड्दै गरेको ईरान इतिहास बदल्न चाहन्छ ।
यस्तो छ दुबै टिमको रेकर्ड
र्याङकिङ
पोर्चुगलः ४
ईरानः ३७
विश्वकपमा पोर्चुगल
म्याचः २८, जितः १४, हारः ९, ड्रः ५, गोल गरेकोः ४७, गोल खाएकोः ३२
विश्वकपमा ईरान
म्याचः १४, जितः २, हारः ९, ड्रः ३, गोल गरेकोः ८, गोल खाएकोः २३
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा