सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकप २०१८ मा विहिवारको दोस्रो प्रतिस्पर्धामा फ्रान्सले पेरुलाई १–० गोलले पराजित गरेको छ । यो फ्रान्सको लगातार दोस्रो जित हो । यता यो हारसँगै पेरु विश्वकपबाट बाहिरिने पहिलो दक्षिण अमेरीकी राष्ट्र बनेको छ ।
एकातेरिनबर्ग स्टेडियममा ग्रुप–सी को यो प्रतिस्पर्धामा दुबै टिमको बिच निकै प्रतिस्पर्धात्मक भिडन्त देख्न सकियो । फ्रान्सको तर्फबाट म्बाप्पेले एकमात्र निर्णायक गोल गरे । यो गोलसँगै उनी फ्रान्सको तर्फबाट विश्वकपमा गोल गर्ने पहिलो युवा खेलाडी बनेका छन् ।
फ्रान्सको लागी यो गोल म्याचको पहिलो हाफको ३४ औ मिनेटमा गरेका थिए । त्यसपछि दुबै टिमबाट कुनैपनि गोल हुन सकेन र खेल फ्रान्सले १–० ले जित्यो । यो जितसँगै दुई खेल खेलेको फ्रान्सले दुबैमा जित हासिल गरी नकआउट चरणमा प्रवेश गरेको छ भने समान खेल खेलेको पेरुले दुबै खेलमा हार ब्यहोर्दा नकआउट चरणमा पुग्न नसकि विश्वकपबाट बाहिरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा