सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
क्यानेडियन संसदले मादक पदार्थ भांग सेवनलाई देशभर बैध मानेको छ । यो सँगै क्यानडा भांग सेवनलाई बैधता दिने विश्वको दोस्रो देश बनेको छ । बीबीसीको अनुसार, क्यानविस बिधेयकले मंगलबार (१९ जुन) मा आफनो विभिन्न अवरोधलाई पार गर्दे सिनेटमा ५२–२९ मतले पारीत भएको छ । विधेयकमा मादक पदार्थलाई उमार्न, वितरण तथा बेच्नमा भने नियन्त्रण गरीनेछ ।
क्यानेडियन नागरीकले यो सेप्टेम्बरबाट भांगलाई बैध रुपमा खरीद गर्न सक्नेछन् र त्यसलाई सजिलै सेवन गर्न सक्नेछन् । यो भन्दा पहिला डिसेम्बर २०१३ मा उरुग्वे भांगको विक्रि तथा यसको सेवनलाई बैध बनाउने पहिलो देश बनेको थियो, जबकि अमेरीकाको नौ राज्य र डिस्ट्रिक अफ कोलंबियामा भांग सेवन बैध थियो । अमेरीकाको ३० राज्यमा चिकित्सा उदेश्यको लागी भांगको उपयोग बैध मानिएको छ ।
क्यानडाको प्रधानमन्त्रि जस्टिन ट्रूडो ले विधेयकको प्रशंसा गर्दे क्यानडाको उपयोगमा ध्यान दिदै भने “हाम्रो बच्चाहरुले भांग पाउन सजिलो थिएन, यसलाई अब हामीले बदलिदिएका छौ । भांगलाई बैध गर्ने हाम्रो योजना आज (२० जुन) सीनेटबाट पारीत भएको छ “।
बिधेयक औपचारिक रुपबाट पारित भएपछि युवाहरुले सार्वजनिक स्थानमा ३० ग्राम सम्म भांग किन्न सक्छन् र त्यसलाई बाड्न सक्छन् । यसको अलावा उनीहरु आफनो घरमा चार वटा बोटसम्म भांगकाृ बोट रोप्न सक्नेछन् ।
प्रधानमन्त्रि जस्टिन ट्रूडो का अनुसार देशमा १७ अक्टोबरदेखी गाँजाको सेवन बैध मानिनेछ । यो कदमबाट सांगठित अपराध कम हुनेछ र देशका युवाहरु सुरक्षित रहनेछन् ।
ट्रूडो का अनुसार प्रान्तिय र टेरिटोरियल सरकारलाइृ खुद्रा विक्रीको लागी समय चाहिन्छ । उनले भने “हामीहरुलाई आशा छ कि १७ अक्टोबरदेखी गाँजा खुद्रा बजारमा उपलब्ध हुनेछ “।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा