सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, जेठ २९ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले छिमेकी राष्ट्र चीन र भारतको भ्रमण गर्ने तयारी गरेका छन् । अध्यक्ष दाहालले बिकासको विषयलाई लिएर दुईछिमेकी राष्ट्र चीन र भारत जान लागेको जानकारी गराएका हुन् । अध्यक्ष दाहालले चितवनको महानगरपालिका आयोजना गरेको एक कार्यक्रमकाबीच दुई छिमेकी राष्ट्रको भ्रमण गर्न लागेको जानकारी गराएका हुन् ।
अध्यक्ष दाहालका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विकासको एजेण्डालाई मात्र लिएर भारत भ्रमण गर्न निम्ता दिएका छन् । मोदीले काठमाडौं आएको समयमा अध्यक्ष दाहाललाई भारत भ्रमणमा बोलाएका थिए । अध्यक्ष दाहालले भने, ‘भारतीय प्रधानमन्त्री मोदीले एकचोटी विकासको एजेण्डामा मात्र कुरा गर्न समय मिलाएर आउनुस् भन्नुभएको छ ।’
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केपछि आफू चीन जाने पनि दाहालले बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा