सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाकिस्तानमा यो बर्ष हुन गईरहेको आम चुनावमा पहिलो पटक कम्तिमा १३ जना तेस्रो लिङ्गिले चुनाव लड्ने भएका छन् । एक मिडिया रिपोर्टका अनुसार, अगस्टमा प्रकाशित जनगणनामा पहिलो पटक तेस्रो लिङ्गिलाई पनि सहभागी गराइएको थियो ।
सर्वेक्षण अनुसार पाकिस्तानमा लगभग २०.८ करोड जनसंख्या मध्ये केबल १० हजार ४१८ जना तेस्रो लिङ्गिको पहिचान भएको थियो । एक्सप्रेस ट्रिब्युनको एक रिपोर्ट अनुसार, तेस्रो लिङ्गि को महत्वलाई राष्ट्रिय बैठकमा चर्चा गरीयो जहाँ सामाजिक उन्नतीको लागी उनीहरुलाई सशक्तिकरण र सामाजिक राजनितिक समावेशीताको विषयमा प्रकाश पारिएको थियो ।
पाकिस्तानको चुनाव आयोग (ईसीपी) को सहयोगबाट अखिल पाकिस्तान तेस्रो लिङ्गि चुनाव नेटवर्क ( एपीटीइएन) ले बैठकको आयोजना गरेको थियो । रिपोर्ट अनुसार बैठकमा सबै सम्भावीत उमेदवार र उनीहरुको निर्दिष्ट निर्वाचन क्षेत्रको प्रतिनिधिहरुले भाग लिएका थिए ।
१३ तेस्रो लिङ्गि उमेदवार मध्ये दुई नेशनल एसेम्बली को लागी चुनाव लड्ने छन् र वाँकी प्रान्तिय एसेम्बली सिटको लागी चुनाव लड्नेछन् ।
पाकिस्तानी चुनाव आयोगले सोमबार २५–२७ जुलाईमा देशमा आम चुनाव गर्नको लागी सम्भावित तिथिको प्रस्ताव गरेको थियो । रिपोर्ट अनुसार यद्यपी यस बर्ष एपीटीईएनको गठन गरिएको छ जसमा तेस्रो लिङ्गिलाई पनि यस्तो मञ्च बनाइने भएको छ जहाँ उनीहरु ब्यवस्थित तरिकाले चुनाव लड्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा