सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ८ । रुस विश्वकप २०१८ को लागि अर्जेन्टिनाले आफ्नो टिमको घोषणा गरेको छ । आउँदो जुन १४ देखि सुरु हुने विश्वकप २०१८ का लागि दाबेदार राष्ट्र मध्येको एक अर्जेन्टिनाले २३ सदस्य टिमको घोषणा गरेको हो।
गएराति अर्जेन्टिनाका कोच जोर्गे साम्पाओलीले स्टार स्ट्राइकर लियोनल मेसीको कप्तीमा २३ खेलाडीको नाम सार्वजनिक गरेका हुन् । २३ सदस्यीय टोलीमा गोलकिपरमा ३ जना, डिफेन्डर र मिडफिल्डरमा ८–८ जना र फरवार्डमा ४ जना छनोट गरीएको छ । टिममा मेसीसँगै सर्जियो अग्युरो, पाउलो डिबाला र गोन्जालो हेगुइन लाई फरवार्डको जिम्मा दिइएको छ ।
कुन खेलाडी कुन पोजिशनबाट
गोल किपर: सर्जिओ रोमेरो, विली काबालेरो, फ्रान्को अर्मानी
डिफेन्डर: गाब्रिएल मेर्काडो, फडेरिको फाजिओ, निकोलास ओटामेन्डी, मार्कस रोजो, निकोलास ताग्लाफिको, जाभिएर मास्चेरानो, मार्कस एकुना, क्रिष्टिएन एनसाल्डी
मिडफिल्डर: एभर बानेगा, लुकास बिग्लिए, एन्जल डी मारिया, जिओभानी लो सेल्सो, म्यानुएल लान्जिनी, क्रिष्टिएन पाभोन, म्याक्सिमिलिएनो मेजा, एडुआर्डो साल्भिओ
फरवार्ड: लियोनल मेसी, सर्जियो अग्युरो, पाउलो डिबाला र गोन्जालो हेगुइन
अर्जेन्टिनाले पहिलो खेल जुन १२ मा आइसल्याण्सँग खेल्ने छ । अजेन्टिना समूह डीमा छ । यो समूहमा आइसल्यानण्डसहित, क्रोएसिया र नाइजेरिया छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा