सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दक्षिण क्यारोलीनाका गर्भनर हेनरी म्याकमास्टर सहित देशको सात गर्भनरले नोवेल समितिलाई पत्र लेखेर नोवेल शान्ति पुरस्कारको लागी अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रपको नामलाई समर्थन गरेका छन् । आफनो यो पत्रमा गर्भनरहरुले ट्रपले कोरीयाली प्रायद्धिपमा शान्ति ल्याउनको लागी प्रयास गरेको उद्धृत गर्दे उनको नामाकनलाई समर्थन गरेका हुन् ।
नर्बे स्थित नोबेल कमिटिका अध्यक्ष बेरिट रीस–एडरसनलाई यो हप्ता लेखिएको पत्रमा म्याकमास्टर र अन्य ६ गर्भनरले भनेका छन कि परमाणु हतियार विरुद्ध ट्रपले कडा निति अपनाए, यसको अतिरिक्त उत्तर कोरीयासँगको वार्ता गर्ने उनको ईच्छा अलावा दुबै कोरीयाली देशलाई सहयोग गनु र अन्य देशहरुलाई एकजुट बनाउने बाटो निर्माण गरेको दाबी गरीएको छ ।
यो भन्दा पहिला अमेरीकी संसदका १८ सदस्यले यो महिना पत्र लेखेर उत्तर कोरीयाका नेता किम जोग उनसँग ट्रंपको ऐतिहसिक शिखर बैठकको तयारीको बिच उनलाई पुरस्कारको लागी औपचारिक रुपमा नामांकित गरीएको थियो ।
नेशनल रिपब्लिक सेनेटोरियल कमीटिले समर्थकहरुलाई इमेल गर्दे भनेका छन् कि ट्रंपको नाम नोवेल पुरस्कारको सुचीमा राखेर नोवेल शान्ति पुरस्कारको लागी राष्ट्रपतिलाई नामित गर्नको लागी उनीहरुलाई मद्यत गरीयोस । संगठनको वेभसाइट अनुसार, पत्र लेख्ने गर्भनर ती ब्यक्तिहरुमा परेका छैनन जो आधिकारीक रुपमा नोबेल पुरस्कारको लागी नामांकन गर्न सक्दछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा