भर्खरै

मकालु विमान दुर्घटना : दुवै पाइलट र कोपाइलटको शव सुर्खेत लगियो


 May 16, 2018     सेतो खबर

काठमाडौँ, जेठ २। बुधबार बिहानदेखि सम्पर्कबिहीन भएको मकालु एयरलाइन्सको कार्गो जहाज हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका बाहुन खर्कमा फेला परेको छ ।

जहाजमा रहेका दुवै चालकको मृत्यु भएको छ । पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपालीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। उनीहरूको शव माउन्टेन एयरको हेलिकप्टरबाट सुर्खेत लगिएको छ।

उद्दारमा गएको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल पत्ता लगाएको हो । दुर्घटनास्थलमा सेना र प्रहरी पुगिसकेका छन्, ।

LIC



Ime Inside