भर्खरै

मुलुकको शैक्षिक क्षेत्रका मुद्दा पहल गर्न आवश्यक: सचिव भट्टराई


 May 15, 2018     सेतो खबर

काठमाडौं, जेठ १ । मंगलबार काठमाडौंमा अखिल क्रान्तिकारीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री ओलीले संसदमा समेत मुलुकको जिम्मेवारी आफूले लिने भनि दिएको अभिव्यक्ति भरोसा योग्य रहेको बताए ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रवादी अडान राख्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले आलोचना गरिरहेका बेला सचिव भट्टराईको यस्तो भनाई बाहिर आएको हो ।

सचिव भट्टराईले सरकारमाथि विश्वास गरेर मुलुकको शैक्षिक क्षेत्रका मुद्दा सम्बोधनका लागि आवश्यक पहल गर्न पनि विद्यार्थी संगठनहरुसँग आग्रह गरे ।

LIC



Ime Inside