सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल, बैशाख १३ । नेकपा (माओवादी केन्द्र)ले प्रहरी इन्काउण्टरमा मारिएका मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका पार्टी राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य लेखनाथ न्यौपाने र जिल्ला सदस्य तुल्सी न्यौपानेलाई बिहीबार कारवाही गरेको छ ।
माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज दधिराम न्यौपानेले विज्ञप्ति निकाली उनीहरुलाई पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी हटाइएको जानकारी दिएका छन् ।
यसअघि पुनको मुख्य सहयोगीका रुपमा काम गरेको आरोपमा पक्राउ परेका नेकपा (एमाले) निकट युवा संघका केन्द्रीय सदस्य सुजु मल्ल र सदस्य उत्तम आचार्यलाई एमालेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिसकेको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा