सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दाङ, वैशाख १० । घरको छतबाट खसेर तुलसीपुरका एक व्यवसायीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ स्थित कपडा व्यवसायी वीरबहादुर वलीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
पसल बन्द भएको छ छैन भनेर तलतिर हेर्ने क्रममा आइतबार घरको तेस्रो तलाको रेलिङबाट वली खसेको पारिवारिक स्रोतले बताएको छ । तेस्रो तलाबाट सडकमा खसेपछि गम्भीर घाइते वलीको तुलसीपुरको अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो ।
वलीको उपचारको क्रममा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा