सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
महोत्तरी, बैशाख १०। जन्मदर्ताको अभावमा विद्यालयसम्म पुग्न नसकेका दर्जनौँ बालबालिकालाई गौशाला नगरपालिकाले सिफारिस गरेपछि उनीहरु सामुदायिक विद्यालयमा भर्ना भएका छन् । आइतबार गौशाला नगरपालिका वडा नं ४ र १० का दलित बस्तीमा गरी ८८ जना उमेर पुगेका बालबालिकालाई नजिकै रहेको सामुदायिक विद्यालयमा भर्ना गरिएको हो ।
गौशाला–१० भरतपुरखोरका मुसहर समुदायका ४१ जनालाई जनता मावि भरतपुरखोरमा र गौशाला नगरपालिका–४ विर्ताका ४७ जना बालबालिकालाई नजिकै रहेको राष्ट्रिय आधारभूत विद्यालयमा भर्ना गराएको स्रोत व्यक्ति दीपक बरालले बताए ।
गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले यस्ता समुदायका बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराउनको लागि कुनै कसर बाँकी नराख्ने बताए । गौशाला नगरपालिकाभित्र रहेको ३२ वटै सामुदायिक विद्यालयमा भर्ना अभियान तीव्ररुपमा सञ्चालन गर्नका लागि आफूले बारम्बार निर्देशन दिएको महतोले जानकारी दिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा