सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लमजुङ, बैशाख ९। मस्र्याङ्दी गाउँपालिकाअन्तर्गतका विद्यालयमा शैक्षिक सुधार अभियान शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले गाउँपालिका अन्तर्गतका विद्यालयको शैक्षिक गुणस्तर निकै कमजोर रहेकाले टिच फर नेपाल टिएफएनको सहकार्यमा शैक्षिक सुधारका लागि २५ बुँदे घोषणापत्र तयार गरी अघि बढेको बताए ।
टिएफएनले पहिलो चरणमा आठ माध्यमिक विद्यालयमा दुई दुई स्वयंसेवक शिक्षक९फेलो० पठाएको छ । अंग्रेजी, गणित र विज्ञान विषयका तालीमप्राप्त १६ शिक्षक विद्यालयमा पुगिसकेका छन् । विद्यालय तहको शिक्षामा देखिएको असमानता बढ्दै गएपछि टिएफएनले उक्त अभियानको परिकल्पना गरेको संस्थाले जनाएको छ ।
टिएफएनले यस वर्ष लमजुङसहित दाङ र पर्साका ५१ विद्यालयमा अभियान सञ्चालन गरेको जनाएको संस्थाका प्रशासन तथा लजिपष्टक प्रमुख लोचन पौडेलले जानकारी दिए । तेत्तीस फेलोबाट शुरू भएको अभियानमार्फत अहिले एक सय ११ युवा स्वयम्सेवी शिक्षक अध्यापनरत छन् ।
स्वयम्सेवक शिक्षकको ५० प्रतिशत तलब संस्थाले दिनेछ भने बाँकी ५० प्रतिशतको ६० प्रतिशत गाउँपालिका र ४० प्रतिशत सम्बन्धित विद्यालयले दिनेछन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा