सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैशाख ८ । शेन वाटशनले शुरुमा पाएको दुई जिवनदानको पुरा फाइदा उठाउदै आफनो टी–२० करियरको चौथो शतक बनाए जसका कारण चेन्नेईले शुक्रवार आईपीएल म्याचमा राजस्थानलाई ६४ रनले हराउदै फेरी पनि जितको लयलाई समातेको छ । ब्याट्सम्यान वाटसनले ५७ बलमा १०६ रन बनाए जसमा ९ चौका र ४ छक्का ठोके । उनले सुरेश रैनासँग दोस्रो विकेटको लागी ८१ रन र ड्वेन ब्रावो २४ सँगै पाचौ विकेटको लागी ४१ रन जोडे जसले आफनो नयाँ घरेलु मैदानमा खेलीरहेको चेन्नेईले पहिला ब्याटिङको लागी निम्तो पाएपछि पाँच विकेटमा २०४ रन बनाए ।
यसको जवाफमा राजस्थानको टिम १८.३ ओभरमा १४० रनमै समेटियो । उसको तर्फबाट बेन स्टोक्सले सर्वाधिक ४५ रन बनाए । चेन्नईको यो चार म्याचमा तेस्रो जित हो जबकी रायल्सको पाँच म्याचमा तेस्रो हार हो ।
चेन्नेईको तर्फबाट दिपक चहर ३० रन, डुवेन ब्रावो १६, शार्दुल ठाकुर र कर्ण शर्माले २/२ विकेट लिए जबकी वाटसन र इमरान ताहिरले १÷१ विकेट लिए । राजस्थानले ठुलो लक्ष्य अगाडी तीन ओभर सम्म हेनरिच क्लासेन ७ र संजु सैमसनले २ लिए ।
रहाणेका विरुद्ध महेन्द्र सिंह धोनीको डिआरएस को माग सहि सावित भएन तर राजस्थानका कप्तानले यसको फाइदा उठाउन सकेनन् । चहरले शर्ट पिच बलमा तीन विकेटमा ३२ रनमा सिमित गर्दिए । यसपछि जोस बटलर र स्टोक्सले चौथो विकेटको लागी ४५ रन जोडे तर दस ओभरपछि राजस्थानको स्कोर तिन विकेटको क्षतीमा ७७ रन बन्यो जसमा ड्वेन ब्रावोको अगील्लो ओभरको पहिलो बलमा अर्को एउटा विकेट लिन सफल भए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा