सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैशाख ७ । क्रिस गेलको शतकको मद्यतले पंजाबले आईपीएलको म्याचमा विहिवार हैदराबादलाई १५ रनले हराएको छ । हैदराबादको यो पराजय यो सीजको पहिलो हो । क्रिकेटको बादशाह क्रिस गेलले आफनो आलोचकलाई जवाफ दिदै ६३ बलमा १०४ रन बनाए जसमा ११ छक्का १ चौका प्रहार गरे । उनको यो पारीको मद्यतले पंजाबले तिन विकेटमा १९३ रन बनायो ।
जवाफमा हैदराबादको टीम निर्धारीत २० ओभरमा चार विकेट मा १७८ रन मात्र बनाउन सक्यो । मनीष पांडेले ४२ बलमा ३ चौका र १ छक्काको साथै नाबाद ५७ रन बनाए जबकी कप्तान केन विलियमसनले ४१ बलमा ५४ रनको पारी खेल्दै ३ चौका र २ छक्का हाने ।
हैदराबादलाई शुरुवातमा नै गहिरो झट्का लाग्यो जब उसको स्टार बलर शिखर धवन चोटका कारण मैदानबाट वाहिरिनु पर्यो । रिधिमान शाह ६ र युसुफ १९ रन बनाउदै सस्तैमा अलआउट हुनु पर्यो ।
पंजाबको पारीको आकर्षक गेलको शतक रह्यो जुन यो आईपीएलको पहिलो शतक हो । गेलको आईपीएलमा यो छैठौ र टी–२०को करीयरको २१ औ शतक हो । उनले यस्तो आक्रमक बलको खिलाफ शतक बनाए जसलाई भारतीय क्रिकेटमा सर्वश्रेष्ठ मानिएको छ ।
भुवनेश्वर कुमारको लांग अफमा छक्का प्रहार गर्दे उनी ९९ रनसम्म पुगे । सिद्धार्थ कौलको अघिल्लो ओवरमा उनले एक रन लिएर आफनो शतक पुरा गरेका हुन् । उनले आफनो शतकको खुशियाली आफनो छोरी र श्रीमतीसँग मनाए, जो उक्त आईपीएल बक्समा खेल हेर्न आएका थिए । गेलको पहिलो पचास ३९ बलमा र दोस्रो १९ बलमा बनेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा