सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चिनमा एक सेरोगेट आमाले एक बच्चालाई उसको आमा बाबुको मुत्यु भएको चार बर्षपछि जन्म दिएकी छीन । चीनको मिडिया रिपोर्ट अनुसार, एउटा कार दुर्घटनामा आमा–बुबाको मुत्यु भएको चार बर्षपछि उनीहरुको बच्चाको जन्म भएको हो । बच्चालाइ लाओसको सेरोगेट आमाले जन्म दिएकी हुन् । २०१३ मा भएको भयानक दुर्घटनामा परि घाइते दम्पतिको उपचारको क्रममा मुत्यु भएको थियो ।
दुर्घटनाभन्दा पहिला उक्त दम्पतिको को प्रजनन् सम्बन्धि उपचार चलिरहेको थियो । दम्पतिको उर्वरीत भ्रूणलाई चिनको नानजिंगको पुर्वी शहरको एक अस्पतालमा राखिएको थियो । दम्पतिको मुत्यु पछि उनीहरुको आमा–बुबाले उनीहरुको उर्वरीत भ्रूण पाउनको लागी धेरै लामो कानुनी लडाई लड्नु परेको थियो ।
बच्चाको निकनेम ‘तिआनतिआन’ राखिएको छ, जसको अर्थ हुन्छ ‘स्वीट’ । बच्चाकी हजुरआमा हु शिंगशिआनकी अनुसार बच्चा स्वस्थ तथा हासिरहेको बताएकी छिन् । उनका भनेकी छिन “उसको आँखा मेरो छोरीको जस्तो छ र उसको अनुहारको उसको बुबासँग मिल्छ “।
चिनमा सेरोगेसीलाई अवैध मानिन्छ
मंगलबार बेइजिङ न्युजको रिपोर्ट अनुसार, बच्चालाई ९ डिसेम्बरमा लाओसकी सेरोगेट आमाले जन्म दिइन । चीनमा सेरोगेसी अबैध मानिन्छ र यसरी सेरोगेसी बच्चा जन्माउन चाहनेको लागी विदेशमा विकल्प खोज्नु पर्ने हुन्छ ।
परिवारलाई उक्त कार्यमा मद्यत गर्ने सेरोगेसी विशेषज्ञ लियू बाओजुन ले ‘द बेइजिङ न्युज’ लाई बताए “हामीले पहिला सोचेका थियौ कि उर्वर भ्रूणलाई हवाई मार्गबाट बाहिर लान सकियोस तर कुनै पनि एयरलाइन्सले यसलाई बाहिर लानको लागी मानेनन् “। उनले भने “यसपछि परिवारले अर्वर भु्रणलाई सडकमार्गबाट लाओस लैजाने फैसला गरीयो जहाँ सेरोगेसी बैध मानिन्छ” ।
बच्चाको हजुरबा र हजुरआमालाई भ्रूणलाई चिन वाहिर लैजानको लागी कैयौ बाधा अड्चनको सामना गनु परेको थियो । जब अहिले बच्चाको जन्म भयो, उनीहरुलाई फेरी एक पटक पितृत्व र नागरीकता सावित गनुपर्ने चुनौती थपिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा