सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, चैत्र ८ । नेपाली काँग्रेसले आगामी रणनीति बनाउन भोलिदेखि केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकले चुनावी नतिजा लगायतका विषयमा समिक्षा गर्ने भएको छ । चुनावी हार व्यहोरेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भोलिबाट केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकले आगामी रणनीतिसँगै चुनावको समिक्षा समेत गर्ने भएको छ । दुई तिहाइ बुहमतको केपी ओली नेतृत्वको सरकारको काम कारवाहीको समिक्षा समेत गर्ने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँले पदाधिकारी मनोनयनका बारेमा समेत छलफल हुन सक्ने बताउनुभयो ।
यस्तै बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले नेतृत्वको आलोचना गर्ने तयारी गरेका छन् । पौडेल र सिटौला समूहले महाधिवेशन बोलाउने वा महासमिति बोलाउने बारेमा दबाब दिने बताइएको छ । यसअघि नुवाकोटमा काँग्रेसले कोषाध्यक्ष भेला समेत गरेको छ । भेलाको बन्द सत्र आज रहेको छ ।
बन्दसत्रमा संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच विवाद देखिएको थियो । संस्थापन पक्षले चुनावी हारको जिम्मेवारी सबैले लिनुपर्ने भन्दै सभापति शेरबहादुर देउवाको बचाउ गरेको थियो भने संस्थापन इतर समूहले सभापतिले जिम्मेवारी लिनुपर्ने अडान लिदै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा