सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र ८ । चीनीया सरकारी मिडियाका अनुसार चीन अन्तरिक्ष विमान विकास गर्नको लागी विश्वको द्रुत हायपरसोनिक हवाई सुरुङ बनाउन गइरहेको छ । करीब २६५ मिटर लामो यो सुरुङको प्रयोग हाइपरसोनिक एयरक्राफ्ट को परिक्षणको लागी गर्न सकिनेछ । उक्त एयरक्राफ्ट ध्वनिको गती भन्दा २५ गुना द्रुत गतीमा यात्रा गर्न सक्दछ ।
विश्वको सबैभन्दा द्रुत गतीको हाइपरसोनिक हवाई सुरुङ बनाइरहेको छ चिन
चाइना एकेडमी अफ साइन्स स्थित हाई टेमपरेचर ग्यास डायनामिक्सको सरकारी प्रयोगशालामा अनुसन्धानकर्ता हेन गुलाईले सीसीटिविसँग गरिएको कुराकानीमा उक्त जानकारी दिइएको हो । उनले बताए अनुसार हालै भएको हावाई सुरुङ केबल ध्वनि को गती भन्दा ५–९ गुनासम्म छिटो गतिबाट यात्रा गराउन मद्यत गर्न सक्दछ । बेइजिङको अनुसन्धानकर्ता उक्त हाइपरसोनीक विमानको प्रयोगशालमा सफलतापुर्वक परीक्षण गरीसकेको छ ।
२६५ मिटर लामो सुरुङमा ध्वनी गति भन्दा २५ गुना छिटो एयरक्राफ्ट को परिक्षण सम्भव
अनुसन्धान साइन्स चाइनाः फिजिक्स, मेकानिकल र एस्ट्रोनमी नामक जर्नलमा प्रकाशित भईसकेको छ । हवाई सुरुङबाट पत्ता लगाउन सकिन्छ कि हावा ठोस अब्जेक्ट बाट कसरी जान्छ , ताकि हावाको उच्च गतिसम्म पुग्न अब्जेक्टमा पैदा हुने दबाबलाई कम गर्न सकियोस् । जापानको एक रिपोर्टका अनुसार चीनले यसैबर्ष एउटा हाइपरसोनिक मिसाइलको परिक्षण पनि गरेको छ ।
रुसले विकास गरीरहेको छ हाइपरसोनिक हतियार
चीनको यो अनुसन्धानले खुलाए अनुसार विश्वको विकसीत देश मिसाइल र जासुसी विमानद्धारा आगामी पिढीको लागी हाइपरसोनिक हतियारको विकास गर्नमा जुटेका छन् । हालैमात्र रुसी राष्ट्रपति पुटिनले पनि भनेका छन् कि रुस हाइपरसोनिक मिसाइलद्धारा नयाँ पिढीको विकास गरिरहेको छ । पुटिनको उक्त भनाईको अमेरीकासहित अन्य नाटो देशहरुले खण्डन गर्दे विरोध समेत गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा