सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, चैत्र ३। पहिलो महिला इञ्जिनीयर शान्ति मल्ल हाल गरीब विद्यार्थीलाई आर्थिक सहयोग गरेर पठनपाठनमा सहयोग गर्दै आएकी छिन्।
आनन्द विद्या मन्दिर नरेफाँट काठमाडौँमा ती बालबालिका अध्ययनरत छन्। उनले विसं २०२३ मा जादवपुर विश्वविद्यालय कोलकाताबाट सिभिल इञ्जिनीयरिङ उत्तीर्ण गरी सोही साल निर्माण तथा यातायात मन्त्रालय, भवन तथा सडक विभागमा काम गरी विसं २०५९ मा अवकाश लिएकी हुन्।
उनले कृषि विकास बैंक रामशाह पथ र जिल्लाका शाखाहरु, राष्ट्रिय कम्प्युटर केन्द्र, कर कार्यालय बबरमहललगायत थुप्रै भवनको डिजाइन गरेकी छिन्।
“मैले काम गर्दा कुनै पनि महिला नासु र टाइपिष्टसमेत थिएनन्”, उनले भनिन्। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा