सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाइल फोटो
काठमाण्डौ, चैत्र २ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेश्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन्। ओलीले शुक्रबार एमालेबाट ९ मन्त्रि तथा माओवादी केन्द्रबाट ६ मन्त्री थप गरेका हुन्।
एमालेबाट नवनियुक्त मन्त्री हुनेमा प्रदीप ज्ञवालीले परराष्ट्र , गोकर्ण विष्ट श्रम तथा रोजगार मन्त्री, रवीन्द्र अधिकारीले पर्यटन मन्त्रालय पाए भने रघुवीर महासेठले भौतिक पुर्वाधार मन्त्रीको जिम्मेवारी पाएका छन् ।
त्यस्तै शेरबहादुर तामाङ कानुनमन्त्री बन्ने बनेका छन् । त्यस्तै जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्रालय, लालबाबु पण्डित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री (हेरफेर) भएका छन् ।
त्यस्तै राज्यमन्त्रीमा गोकलु बास्कोटालाई सञ्चार राज्यमन्त्री, पद्मा अर्याललाई पनि राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । धनबहादुर बुढाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रि बनेका छन् । ।
त्यस्तै माओवादी केन्द्रबाट भने वर्षमान पुन अनन्तलाई उर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ भने गिरिराजमणि पोखरेलले शिक्षा मन्त्रालय त्यस्तै शक्ति बस्नेत वनमन्त्री भने चक्रपाणि खनालले कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी विना मगर खानेपानी मन्त्री बनेकी छिन् ।
माओवादीले रामकुमारी चौधरीलाई कृषि राज्यमन्त्री बनाएको छ।
गत फागुन ३ गते प्रधानमन्त्री बनेका ओलीले सोही दिन सानो मन्त्रिमण्डल गठन गर्दे लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्री र थममाया थापामगरलाई महिला तथा बालबालिका मन्त्री बनाएका थिए।
फागुन १४ गते ओलीले दोस्रो पटक मन्त्रिमण्डल गठन गरी एमालेका दुई मन्त्रि इश्वर पोखरेललाई रक्षा, युवराज खतिवडालाई अर्थ मन्त्री बनाएका थिए भने माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादललाई गृह र मातृका यादवलाई उद्योग मन्त्री बनाएका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा