सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, फागुन २७। संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । संघीय संसद् भवनमा आइतबार बसेको फोरम संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीका पक्षमा मतदान गर्ने निर्णय गरेको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
संघीय समाजवादी फोरम, नेपालले पनि प्रधानमन्त्री केपी ओलीको पक्षमा विश्वासको मत दिएको छ। विश्वासको मतमाथि भएको दलीय छलफलमा भाग लिँदै फोरम नेतृ सरिता गिरीले प्रधानमन्त्रीमाथि अटल विश्वासको मत दिने बताइन् । ‘संविधानअनुसार दुई वर्षसम्म अविश्वासको मत ल्याउन सकिँदैन,’ उनले भनिन्, ‘प्रधानमन्त्रीले विश्वासको सम्मान गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ ।’
गिरीले विश्वासको मत फिर्ता लिने अधिकार भने आफूहरुसँग सुरक्षित गरेको बताइन् ।यसअघि आइतबार दिउँसो बानेश्वरमा बसेको फोरम संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीका पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा