सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौँंडा, फागुन १२ । नेपाल पुलिसलाई ट्रइबेकरमा ३–४ गोल अन्तरले पराजित गर्दै तेस्रो हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मि क्लबले जितेको छ ।
आज भएको फाइनलमा खेलमा निर्धारित समयभित्र दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । उपाधि विजेता त्रिभुवन आर्मीले रु पाँच लाख तथा उपविजेता नेपाल पुलिस क्लबले रु तीन लाख प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै त्रिभुवन आर्मीका विमल पाण्डेले रु ५० हजार प्राप्त गरेर त्यस्तै उत्कृष्ट गोलकिपरमा आर्मीकै विकेश कुथु घोषित हुँदै रु २० हजार, उत्कृष्ट डिफेन्स नेपाल पुलिसका दिनेश राजवंशी, वेष्ट फरवार्ड नेपाल पुलिसकै अभिषेक रिजाल, वेष्ट मिड फिल्डर पुलिसकै तेज तामाङ घोषित हुँदै जनही रु १५ हजार प्राप्त गरे ।
विजेतालाई नेपाली सेनाको मध्यमाञ्चल पृतनापति उपरथी प्रभुराम शर्मालगायतले पुरस्कार प्रदान गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा