सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन्।
शुक्रबार बिहान प्रधानमन्त्रि निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पोलिटब्यूरो सदस्य रहेका रिमाललाई प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो। रिमाल ओलीको अघिल्लो २०७२ को कार्यकालमा समेत राजनीतिक सल्लाकारको भूमिका निर्वाह गरीसकेका छन् ।
त्यस्तै बैठकले मन्त्रालयहरुको संख्या घटाएर १७ वटा कायम गर्ने निर्णय पनि गरेको छ। अहिले केन्द्रमा प्रधानमन्त्री कार्यालयसहित ३१ मन्त्रालय छन्। अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मन्त्रालयको संख्या १८ वटा कायम हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा