सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन ९ । आउँदो चैतमा हुने धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलको लागि ६ टोलीमा ७२ खेलाडी अनुबन्धित भएका छन् ।
डिपिएलको लागि आज भएको अक्सनबाट ६ टोलीमा ७२ खेलाडी अनुबन्धित भएका हुन् ।
करण के.सी., सागर पुन र वसन्त रेग्मी सबैभन्दा महंगा खेलाडी बनेका छन् । उनीहरु एक लाख ५० हजार रुपैयाँमा अनुबन्धित भए ।
करण के.सी., आरिफ शेख महेन्द्रनगर युनाईटेड, सागर पुन रुपन्देही च्यालेन्जर्स र वसन्त रेग्मी विराटनगर किग्ंसमा अनुबन्धित भएका हुन् ।
कुल ५० लाख ९० हजार रुपैयाँमा ७२ खेलाडी अनुबन्धित भएका छन् । राजधानीमा आयोजित प्रतियोगीताको अक्सनमा १ सय ९२ र ट्यालेन्ट हण्टबाट छानिएका १२ जना सहभागी थिए ।
सबै टोलीका मार्की खेलाडी यसअघि नै तय भईसकेका छन् । उनीहरुले २ लाख रुपैयाँ पाउनेछन् ।
डिपिएल क्रिकेट आउँदो चैत्त १७ गतेदेखि हुँदैछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा