सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टाइगर श्राँफ तथा दिशा पटानीेका फिल्म ‘बागी २’ को ट्रेलर रिलिज भएको छ । यसमा टाइगर श्राँफको एक्शन जबरदस्त देखाइएको छ । ट्रेलरको शुरुवातमा दिशा पटानीको निर्दोश शैली देखाइएको छ तर रोनीको भुमिका टाइगरको लुक्स धमाकेदार देखाइएको छ ।
फिल्ममा मनोज वाजपे, दिपक डोबरियाल र रणद्धीप हुड्डा जस्ता कलाकारहरुको जबरदस्त अभिनय देख्न सकिन्छ । फिल्मको ट्रेलर रिलिज हुनुभन्दा अगाडी मात्रै फिल्मको पुरै टिमले यसको दुईवटा पोष्टर पनि रिलिज गरेका थिए । जसमा टाइगर श्राँफ र दिशा पटानीको शानदार अभिनय देख्न सकिन्छ ।
बागी २ को निर्माताले फिल्मको ट्रेलर मुम्बाईको रेसकोर्समा विचित्र तरिकाबाट रिलिज गरेका छन् । मुम्बईको रेसकोर्शमा फिल्मको जोडी टाइगर श्राँफ र दिशा पटानी हेलिकप्टरबाट उत्रेका थिए । फिल्मको ट्रेलरमा पनि एक्शन सिन भरपुर देखाइएको छ ।
फिल्मलाई अहमद खानले निर्देशन गरेका हुन् । बागी–२ मार्च ३० मा बक्सअफिसमा रिलिज हुने भएको छ । यो फिल्म २०१६ मा आएको टाइगरको बागी को फ्रेचाइज फिल्म हो ।
साथै फिल्म ‘बागी २’ रिलिज नहुदै ‘बागी –३’ बनाउने घोषणा गरीसकिएको छ । ‘बागी-३’ को लिड रोलमा पनि टाइगर श्राँफ नै देखिनेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा