सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
माघ ८ । स्पेनिस ला लिगा फुटबल बार्सिलोनाले रियल बेटिसलाई ५–० ले पराजित गरेको छ । गएराति रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा मेसी र स्वारेज चम्किँदा बार्सिलोनाले रियल बेटिसमाथि फराकिलो अन्तरले पराजीत गरेको हो ।
बार्सिलोनाको जितको लागि मेसी र सुवारेजले २र२ गोल गरे भने इभान राकिटिकले १ गोल गरे।
पहिलो हाफ गोल रहित बरारीमा खेलको बार्सिलोनाका लागी ५९ औं मिनेटमा इभान राकिटिकले पहिलो गोल गर्दे खाता खोलेका थिए। त्यस्तै ६४ औं मिनेटमा मेसीले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसको चार मिनेटपछि स्वारेजले गोल थप्दै बार्साको अग्रता ३-० मा पुर्याए। खेलको ८०औं मिनेटमा मेसी फेरि ब्यक्तिगत गोल गरे भने खेलको ८९ औं मिनेटमा स्वारेजले पनि आफनो ब्यक्तिगत दोस्रो गोल गर्दे बार्सिलोनालाई ५(० को जित दर्ता गराए।
अपराजित यात्रा कायम राखेको बार्सिलोनाले २० खेलबाट ५४ अंकसहित लिगको शिर्ष स्थानमा कब्जा गरेको छ । बराबरी खेलबाट एटलेटिको मेड्रिडको ४३ अंकसहित दोस्रो स्थानमा छ त्यस्तै समान खेलबाट ४० अंकसहित तेस्रो स्थानमा छ । एक खेल कम खेलेको रियल मेड्रिड ३५ अंकसहित चौथो स्थानमा रहेको छ ।
त्यस्तै अन्य खेलहरुमा सेल्टा भिगोले रियल सोसिडाडलाई २ –१ ले हराएको छ । आलाभेस र लेगानेसले भने २–२ गोलको बराबरी खेलेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा