सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ ७। मनाङबाट प्रदेशसभामा निर्वाचित दीपक मनाङे आइतबार भएको शपथ ग्रहणमा उपस्थित भएनन् । पोखरामा ४ नम्बर प्रदेशका सांसदको शपथ ग्रहण भएकोमा मनाङे अनुपस्थित रहेका हुन् । शपथ समारोहमा भाग लिन अरु सांसदलाई जस्तै मनाङेलाई पनि जिल्ला प्रशासन कार्यालय कास्कीले पत्र पठाएको थियो । तर प्रहरीले पक्राउ पूर्जी जारी गरेर उनलाई खोजीरहेको छ ।
शपथ समारोहमा जाँदा प्रहरीले पक्राउ गर्न सक्ने भएकाले उनी समारोहमा नगएका हुन् । मनाङेसहितका पाँचजनाविरुद्ध पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो । सर्वोच्चले २०६१ सालमा गुण्डा नाइके चक्रे मिलनलसहितलाई दीपक मनाङेको समूहले खुकुरी प्रहार गरेको घटनामा यस्तो फैसला गरेको हो ।
चक्रे मिलनसहितलाई बागबजारमा खुकुरी हानेको घटनामा प्रहरीले मनाङेसहितविरुद्ध कर्तव्य ज्यान अभियोगमा मुद्दा चलाएको थियो । संविधानमा नैतिक पतन भएका फौजदारी मुद्दामा दोषी ठहर भएका व्यक्तिले सांसद बन्न नपाउने व्यवस्था छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा