सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, माघ ५ । क्रिस्टियानो रोनाल्डो विना नै मैदानमा उत्रिएको रियल मेड्रिडले लेगानेसलाई १–० ले पराजित गरेको छ । कोपा डेल रेको क्वाटरफाइनलमा लेगानेसको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा रियलले खेलको अन्तिम मिनेटमा गोल गरेको हो ।
मड्रिडलाई जित दिलाउन मार्को एसेन्सियोले ८९औं मिनेटमा निर्णायक गोल गरे। रियलको दोस्रो रोजाइको टोली उतारेका प्रशिक्षक जिनेदिन जिदानले तीन खेलपछि पहिलो जित हासिल गरेका हुन् । क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल, मार्सेलो र करिम लगाएतका पहिलो रोजाइमा परेका खेलाडी विना मैदान उत्रिएको रियल मड्रिडले जितका लागि भने निकै संघर्ष गर्नु परेको थियो ।
लेगानेसले पनि दोस्रो हाफमा गोल गर्ने मौका पाएको प्रहार बारमा लागेर फर्किएपछि गोल गर्ने अवसर गुमाएको थियो ।
जितपछि रियल मड्रिडले कोपा डेल रे को सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। दोस्रो लेग रियल मड्रिडको घरेलु मैदानमा जनवरी २४ मा हुनेछ। दोस्रो लेगमा रियललाई बराबरी गरे पुग्ने छ भने लेगानेसलाई जित आवश्यक छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा