सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस २८। फेसबुकका सिइओ मार्क जुकरबर्गले आफ्नो फेसबुकमार्फत समाचार, व्यवसायिक ब्राण्ड तथा मिडिया सम्बन्धीको फीडका मामलामा फेसबुकले विशेष परिवर्तन गर्दैछ । जुकरर्बगले अब फेसबुकमा पारिवारिक सदस्य तथा साथीभाइबीचको संवादलाई महत्व दिने भएको छ ।
फेसबुकले यो पनि भनेको छ कि अब आफ्नो पोस्टमार्फत धेरैभन्दा धेरै व्यक्तिमा लोकप्रिय भैरहेका संगठनहरुलाई भने यसले प्रभावित गर्नेछ । फेसबुकको यो परिवर्तन आउने हप्तामा देखिने बीबीसीले जनाएको छ । फेसबुकका सिइओ जुकरबर्ग लेख्छन्, ‘हामीलाई यस्तो प्रतिक्रिया प्राप्त भएको छ कि व्यवसायिक ब्राण्ड तथा मिडियाका पोस्टले धेरै मानिसका व्यक्तिगत कुरालाई खोसेको छ, जो एक अर्कासँग जोडिएका हुन्छन् ।’
जुकरबर्गले अर्को एउटा पोस्टमा २०१८ मा फेसबुकलाई मानिसहरुले आफ्नो समय मज्जासँग बिताउन सक्ने खालको बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । त्यस्तै हावर्ड विश्वविद्यालयकी लारा हजार्ड भन्छिन्, ‘यसमा कुनै सन्देश छैन कि यो एउटा महत्वपूर्ण परिवर्तन हुनेछ । यसले प्रकाशकहरुलाई ठूलो असर पुग्छ । अब हामीले समाचारहरु कम देख्नेछौँ ।’
मार्क जुकरबर्ग लेख्छन् :
One of our big focus areas for 2018 is making sure the time we all spend on Facebook is time well spent.We built…
Posted by Mark Zuckerberg on Thursday, January 11, 2018
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा