सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भोजपुर, पुस ३ । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका १० जनामध्ये आठ जनालाई तारिखमा रिहाइ गरिएको छ । निर्वाचन बिथोल्ने गतिविधिको आशंकामा जिल्लाको विभिन्न ठाउँबाट पक्राउ परेकामध्ये दुई जनाको भने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
प्रहरीले भोजपुर सदरमुकाम, सिद्धेश्वर, छिनामखु, बोयालगायत विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो। निर्वाचन मत परिणाम सार्वजनिक भएसँगै उनीहरू तारिखमा छुटेका हुन् । पक्राउ परेका अन्य दुई जनाको विषयमा भने मुद्दा चलिरहेको प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले जानकारी दिए।
उनीहरूलाई एक/एक हजार रुपैयाँ धरौटी लिएर तारिखमा छाडिएको सहायक प्रमुुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए।रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा