सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, मंसिर २८ । एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ ।
थाइल्याण्डमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३ सय ५० रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको म्यानमार भने ११ दशमलव ३ ओभरमा सबै १० विकेट गुमाएर १३ रनमै अलआउट भएको थियो । म्यानमारलाई सानो योगफलमा समेट्ने क्रममा नेपालका नारायण जोशी र मेखबहादुर सेन थापाले समान ४–४ विकेट लिए । म्यानमारका ७ जना व्याट्सम्यानले कुनै रन जोड्न सकेनन् ।
यसअघि पहिले व्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर ३ सय ५० रन बनाएको थियो । नेपालका कप्तान रित गौतमले ७८ बलमा १२ चौकाको मद्दतमा अविजित १०६ रन बनाए । तृतराज दासले २९ बलमा तीन छक्का र सात चौका प्रहार गरी ६४ रन जोडे । विशाल विक्रम केसीले ४२, कुशल मल्लले ३६ तथा सुवास ऐरले १७ रनको योगदान दिए ।
नेपालले यसअघि थाइल्याण्डलाई पहिलो खेलमा १३३ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा हङ्कङलाई चार विकेटले हराएको थियो ।
जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । नेपालले अब सेमिफाइनलमा शनिबार मलेसियासँग खेल्नेछ । अर्को सेमिफाइनल खेलमा सिंगापुर र हङकङ खेल्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा