भर्खरै

समानुपातिकतर्फको हालसम्मको अवस्था; पहिलो एमाले दोस्रो कांग्रेस ; कुन पार्टीको कति ?


 December 14, 2017     सेतो खबर

काठमाडौं, मंसिर २८ । नेपालको इतिहासमै पहिलो पटक भएको मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन मत गणना जारी छ। प्रतिनिधि सभा तथा प्रदेश सभा अन्तर्गत प्रत्येक्ष तर्फको देशभरका सबै क्षेत्रका मत पणिाम सार्वजनिक भईसकेको छ । समानुपातिक तर्फको मत परिणाम भने आउने क्रम चलिरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा नेकपा एमाले पहिलो स्थानका साथ अघि रहेको छ। जारी मतगणनामा कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन्।

निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार दलहरुको अवस्था यस्तो छ

नेकपा एमाले :२६ लाख ४२ हजार ५६८
नेपाली कांग्रेस : २५लाख ५७ हजार ४८५
माओवादी केन्द्र : १० लाख ५३ हजार ४७८
संघीय समाजवादी फोरम नेपाल : ३ लाख ५५ हजार २५४
राष्ट्रिय जनता पार्टी नेपाल : ३ लाख २७८
राष्ट्रिय प्रजातन्त्र पार्टी : १ लाख ७५ हजार ९४७
विवेकशील साझा पार्टी : १ लाख ७४ हजार १५९
अन्य : ७ लाख ८४ हजार ७२२

Ime Inside



Ime Inside