सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २१ । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले ललितपुरको भैँसेपाटीस्थित रत्नज्योति महिला परिवार भवनमा पुगेर मतदान गरेका छन् । आफ्नो मतदाता नामावली भएको स्थान ललितपुरको भैँसेपाटीबाट मतदान गरेका हुन् ।
संयोजक मिश्र मतदान गर्न बिहान ७ बजे नै रत्नज्योति महिला परिवार भवनस्थित मतदान केन्द्र पुगेका थिए। आफू उम्मेदवार रहेको क्षेत्र काठमाडौं १ मा बसोबास नरहेका कारण उनले आफूलाई मतदान गर्न भने पाएनन्।
काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवार रहेका मिश्रले ललितपुर क्षेत्र नं ३ बाट मतदान गरेका हुन्। मतदाता नामावलीका कारण मिश्रले आफैले आफैँलाई मतदान गर्न नपाएका हुन् ।
.
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा