सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २०। आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र युएई बिच आवुधावीको सेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले २ विकेट गुमाउँदै २८.२ ओभरमा १०० रन पुरा गरेको हो।
नेपालको पारीलाई दिलिप नाथ र ज्ञानेन्द्र मल्लले सुरुवात गरेका थिए। सुरुवाती दुई ओभरमा खाता खोल्न नसकेको नेपालले ४३ रन हुँदा पहिलो विकेट गुमायो। ओपनर दिलिप नाथ ब्यक्तिगत १६ रनमा आउट हुन पुगे।
त्यसपछि ज्ञानेन्द्रले शरद भेषवाकरसँग ४१ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुरयाएका थिए। तर नेपालको स्कोर ८४ रन हुँदा दोस्रो विकेटको रूपमा ज्ञानेन्द्र मल्ल आउट भए। राम्रो लयमा देखिएको ज्ञानेन्द्र मल्ल ५४ रन बनाएर आउट भए। त्यसपछि आएका कप्तान पारस खड्का र भेसवाकर क्रिजमा छन्।
लाईभ :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा