सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मंसिर २० । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा बार्सिलोनाले लिस्बोनलाई २–० ले हराएको छ ।घरेलु मैदानमा मंगलबार राति भएको अन्तिम खेलमा बार्सिलोनाले स्पोर्टिङ लिस्बोनलाई हराउदै अन्तिम १६ मा आफनो स्थान पक्का गरेको हो ।
पहिलो हाफ गोल रहित बराबरी खेलेको बार्सिलोनाका लागि अलकेसरले ५९ औं मिनेटमा पहिलो गोल गरे। खेलमा १-० ले पछि परिरहेको स्पोर्टिङका म्याथ्युले इन्जुरी समयका आत्मघाति गोल गरेपछि बार्सिलोनाले २(० को जित दर्ता गरेको हो ।
अवे मैदानमा राति नै भएको खेलमा ओलम्पिआकोसलाई २–० ले हराउदै युभेन्टसले समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा