सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मंसिर १८ । स्पेनिस ला लिगा फुटबलमा यो सिजनमा दोस्रो स्थानमा कब्जा बनाइराखेको भ्यालेन्सिया पराजित भएको छ । आइतबार राति भएको खेलमा शीर्ष स्थानको बार्सिलोनालाई सुरुदेखि नै टक्कर दिँदै आएको भ्यालेन्सिया गेटाफेको घरेलु मैदानमा १ – ० ले पराजित भएको हो ।
खेलको पहिलो हाफको २५ औं मिनेटमा मौरो अराम्बरीले दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि गेटाफे १० खेलाडीमा सिमित बनेको थियो । तर त्यसको फाइदा भ्यालेन्सियाले लिन सकेन । पहिलो हाफमा गोलरहित बराबरीमा खेलेको खेलको ६६ औं मिनेटमा गेटाफेका लागि बेर्गाराले निर्णायक गोल गर्दे जित हासिल गर्यो ।
यो हारसँगै भ्यालेन्सियाले लिग लिडर बार्सिलोनासँग अंक दुरी घटाउने मौका समेत गुमायो । हारपछि दोस्रो स्थानको भ्यालेन्सियाको १४ खेलबाट ३१ अंक भएको छ । जितसँगै १९ अंकसहित गेटाफे आठौं स्थानमा छ ।समान खेलबाट ३६ अंकसहित बार्सिलोना शिर्ष स्थानमा कायम छ । ३० अंकसहित एथ्लेटिको मड्रिड तेस्रो तथा २८ अंकसहित रियल चौथो स्थानमा रहेको छ । राति नै भएका अन्य खेलमा लेगानेसले भिल्लारियल तथा एइबरले स्पानियोललाई समान ३–१ तथा लास पालमसले रियल बेटिसलाई १–० ले हरायो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा