सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर १ । एसीसी यु–१९ एसिया कप क्रिकेटको दोस्रो सेमिफाइनलमा नेपालले अहिले अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल अफगानिस्तानका बलरसामू निरिह बन्दै निर्धारित ५० ओभरको खेलमा नेपालले ३० ओभरमा सबै विकेट गुमाउँदै ९०रन मात्र बनाएको छ ।
नेपालका लागि अनिलकुमार साहले ५७ बल खेल्दै ५१ रन पुरा गरे। उनले ७ चौका १ छक्का प्रहार गरे।् जितेन्द्र सिंह १ रनमा आउट भएका थिए भने आशिफ शेख शून्य, दीपेन्द्र सिंह ऐरी ६ रन, रोहितकुमार पौडेल ४, भीम सार्की ६ रन बनाएर आउट भए। पवन सरार्फले ८ रन बनाए भने कमल सिंह ऐरी र किशोर महतो शून्यमा आउट भए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा