सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक ३० । अफ्रिकन युनियन एयुले जिम्बाबेको सेनाले शक्ति आफ्नो हातमा लिनु र राष्ट्रपति रोबर्ट मुगाबेलाई नजरबन्दमा राख्नु सैन्य ‘कु’ जस्तै भएको जनाएको छ ।
जिम्बाबेको सेनाले बुधबार राष्ट्रपति रोबर्ट मुगाबेलाई राजधानी हरारेमा नजरबन्दमा राखेर शक्ति आफ्नो हातमा लिएको थियो ।
एयुका प्रमुख एल्फा कोन्डेले जिम्बाबियन सेनाको कामकारबाही सैन्य ‘कू’ जस्तै रहेकाले तत्काल संवैधानिक व्यवस्था लागू गर्न आग्रह गरेका छन् ।
तर सेनाले भने ‘कू’ नगरेको बताउँदै आएको छ । उसले राष्ट्रपति मुगाबे सुरक्षित रहेको र उनीमाथि आतंकाकारी आक्रमणको खतरा रहेकाले सुरक्षा घेरामा राखिएको दाबी गरेको छ ।
सेनाले सरकारी टेलिभिजन पनि आफ्नो नियन्त्रणमा लिएको छ । सेनाले राजधानी हरारेमा कडा सुरक्षा गस्ती गरिरहेको छ । आफूहरुले अपराधीलाई निशाना बनाएको सेनाको भनाई छ ।
कतिपय विश्लेषकहरुले भने राष्ट्रपति मुगाबेलाई हटाएर उपराष्ट्रपति इमरसन मनंगावालाई सत्तामा ल्याउनका लागि सैन्य कारवाही गरिएको हुन सक्ने बताएका छन् ।
मनंगावालाई राष्ट्रपति मुगाबेलाई गएको हप्ता बर्खास्त गरेका थिए । त्यसपछि मुगाबेकी श्रीमती ग्रेस उत्तराधिकारीको रुपमा उदाएका थिए ।
तर सेनाले सुरु गरेको क्रियाकलापका कारण अवस्था फेरिएको छ । हरारेमा गोलाबारीको आवाज सुनिएको बताइएको छ । (एजेन्सी)
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा